सप्ताकोसी किनारमा कुटपिट गर्ने थप २ युवती पक्राउ
सुनसरी | साउन ३, २०८०
सुनसरी: तीनयुवतीमाथि साँगठनिक हमला गरेको आरोपमा थप २ जना पक्राउ परेका छन् ।
सुनसरी प्रहरीका अनुसार पक्राउ पर्नेमा बराहक्षेत्र न.पा. वडा नं. ८ (टोल सैनिकटोल) बस्ने बर्ष १८ की दुर्गा राई र सोही टोलकै २२ वर्षीया बिनिता उराँउ रहेकी छिन् ।
यसअघि प्रहरीले बराहक्षेत्र न.पा. वडा नं. १० प्रकाशपुर (भुजेलटोल) बस्ने १९ बर्षीया प्रिति लिम्बुलाई सोही दिन पक्राउ गरिसकेको छ ।
बाँकी दुई युवती फरार सूचिमा छिन् ।
गत २९ गते बेलुका करिब ५ बजे सुनसरीको बराहक्षेत्र न.पा. वडा नं.९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा ५ जनाको समुहले बराहक्षेत्र न.पा. बडा नं. ९ (राजाबास टोल) बस्ने बर्ष १९ की मनिषा राईसहित तीनजनालाई बोलाएको थियो ।
आफुहरुको बेइजत गरेको भन्ने भन्दै सामुहिक रुपमा कुटपिट गरेका थिए । तीनैजनालाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा उक्त भिडियो राखेपछि भाइरल भएको थियो ।
घटना भएको दुईदिनपछि ३१ गते इलका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
कुटपिटमा संलग्न रहेका ५ जना मध्ये ३ जनालाई पक्राउ परिसकेका छन् भने फरार २ जनाको खोजीकार्य तिब्र पारिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिए । उनै इन्सपेक्टर दत्तकै कमाण्डमा तीन जनालाई पक्राउ गरिएको हो ।
हाल अभद्र व्यवहार तथा कुटपिट कुसरमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

